काठमाडौँ। । दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीको हौसला बढाउने हुनुभएको छ। उहाँले आज (मंगलबार) सागका खेलाडीलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ।
आज बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले सागका खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लाग्नुभएको हो।
मंसिर १५ गतेबाट नेपालमा साग खेलकुद प्रतियोगिता हुँदैछ। यो साग प्रतियोगिता दुई दशकपछि नेपालमा हुन लागेको हो। सागका विभिन्न खेलहरू काठमाडौँ–पोखरा र जनकपुरमा हुँदैछन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकलाई प्याकेज घोषणा गर्ने अनुमाग गरिएको छ।