अन्तर्राष्ट्रिय टी-२० क्रिकेट: नेपालसँग ओमन ६ विकेटले पराजित

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : १८


काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ।

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे। दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार गर्यो।

आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४ रन जोडे। ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे।

त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे। बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक/एक विकेट हात पारे। चार देश सम्मिलित सिरिजमा नेपालले भोलि शनिबार युएईसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस्