बलिउड अभिनेत्री रविना टन्डनका पिताको निधन

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ५ : १५


दिल्ली। बलिउडकी चर्चित अभिनेत्री रविना टन्डनका पिता रवि टन्डनको निधन भएको छ।

निर्देशक समेत रहेका रविको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो।

रविले अमिताभ बच्चन, ऋषि कपुरजस्ता चर्चित भारतीय अभिनेताको चलचित्रमा निर्देशन गरेका थिए।

पछिल्लो केही वर्षयता उनी श्वासप्रश्वासको समस्याले ग्रसित थिए। आज उनले अन्तिम सास फेरे।

रविको निधनपछि बलिउडकर्मीहरुले दुःख व्यक्त गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्