अस्ट्रेलियामा कोअला लोपोन्मुख जातीको सूचीमा

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ४७


सिड्नी। अस्ट्रेलियाले कोअला जनावरलाई लोपोन्मुख जातीको सूचीमा राखेको छ।

नाटकीय रुपमा कोअलाको जनसंख्यामा कमी आएपछि त्यहाँको सरकारले यससलाई लोपोन्मुख जनावरको सूचीमा राखेको हो।

अधिकारीहरुका अनुसार वर्षेनी जंगलमा हुने आगजनी, सुख्खापन तथा रोगहरुका कारण कोअला मर्ने गरेका छन्।

सन् २०१९–२० मा न्यु साउथ वेल्समा मात्र ५ हजार कोअला मरेका थिए। अब यस जनावरको संरक्षणमा ध्यान दिने बताइएको छ।

कोअलालाई मानिसहरु मानवमैत्री जनावर भनेर चिन्दछन्। यद्यपी यो जंगली जनावर हो र यसले मानवको सामिप्यता रुचाउँदैन्।

अस्ट्रेलियामा वर्षेनी झाडीमा आगो लाग्छ र कोअलाहरु जलेर मर्दछन्। यसबीचमा सडकमा आएका कोअलालाई मानिसहरुले बचाउने गरेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्