प्रणय दिवसमा धमलाको ‘सुनन’ म्युजिक भिडियो

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : ३४


काठमाडौं । प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन्। फेबु्रअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाउने गरिन्छ।

यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन। युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ।

शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गरेका हुन। अनिल कटुवालले छायाङ्कन र सम्पादन गरेको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ। भिडियोमा ‘द’ डान्स सोर्स समूहकोसमेत प्रस्तुति रहेको छ। म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो। रासस


प्रतिक्रिया दिनुहोस्