अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ३ : ०७


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ।

विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ। सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन्। 

यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । आजको कारोबार दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्