रुस–युक्रेन विवादबीच पोल्याण्डमा थप ३५० ब्रिटिस आर्मी तैनाथ

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  २ : ३१


काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरेको बताएका छन्।

“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“ जोन्सनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटपछि भने।

सोमबार, बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए।

जोन्सनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा नाटोको फर्वार्ड उपस्थिति बढाउन योगदान गर्ने १५० बेलायती सेनामा पनि सामेल हुनेछन्।

“म यहाँ आएको कारण पोल्याण्ड हाम्रो सामूहिक युरोपेली सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ र पछिल्लो १०० वर्षको पाठ यो हो कि जब पोल्याण्ड अस्थिरता वा पोल्याण्डको सिमानामा आक्रमणको खतरा छ तब हामी सबैलाई त्रासको अनुभूति हुन्छ“ प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस्