दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए। चार तले भवनमा आगलागी भएको हो। राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले बिहान नियन्त्रणमा लिएका थिए।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ।