एमसीसी फिर्ता भए अमेरिका-नेपाल सम्बन्धमा दरार आउने अमेरिकी चेतावनी!

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १० : २१


काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले बिहीबार एकैदिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छुट्टाछुट्टै फोन गरेका छन।

नेपालमा एमसीसी सम्झौताबारे बहस भइरहँदा अमेरिकी उच्च अधिकारीले नेपाली शीर्ष नेताहरुलाई फोन गररे एमसीसी अनुमोदनमा ढिलाई हुनुको कारण सोधेका हुन।

स्रोतका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लु ले एमसीसी नेपालमा पास नभए चीनको हस्तक्षेपको रूपमा लिने बताएको जनाइएको छ।

एमसीसी अनुमोदन नभई फिर्ता भए अमेरिकीले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने समेत उनले चेतावनी दिएका छन।

अमेरिकी मन्त्रीको जवाफमा प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू र आफ्नो पार्टी प्रतिवद्ध रहेको र गठबन्धनका नेताहरूसँग पनि मनाउन प्रयास गरिरहेको बताएका छन।

यस्तै, एमाले अध्यक्ष ओलीले अहिलेसम्म सरकारले यसबारे कुनै निर्णय नगरेको लुलाई बताएका थिए। माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीमा संशोधनको प्रस्ताव गरेका थिए।

लु गत मंसिरमा पनि नेपाल भ्रमणमा आएका थिए। त्यतिबेला उनले तीनै जना नेतालाई भेटेर गएका थिए।

 

 


प्रतिक्रिया दिनुहोस्