काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ।
आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्नुपर्नेमा एकमत देखिएको र स्थापित मान्यताअनुसार सम्झौता अगाडि बढ्ने सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभामुखले एमसीसी प्रस्ताव रोक्न नपाउने बताए।