दीपिकालाई फ्यानको प्रश्नः अंतरंग दृश्यहरू गर्दा श्रीमान रणवीरसँग अनुमति लिइन्छ?

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : ३२


काठमाडौं। भोलि अर्थात् फेब्रुअरी ११ देखि भारतमा चलचित्र ‘गेहेराइया’ रिलिज हुँदैछ।

सो चलचित्रमा चर्चित अभिनेत्री दीपिका पादूकोण, सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे, धैर्य कर्वाजस्ता कलाकारको भूमिका रहेको छ।

सार्वजनिक भएको ट्रेलर तथा टिजरमा यो चलचित्र प्रेममा आधारित चलचित्र भनेर हामी ठम्याउन सक्छौं। चलचित्रमा दीपीका पादूकोणले सिद्धान्त चतुर्वेदीसँग अन्तरंग सिनहरु दिएकी छ्न्।ि

ट्रेलरमै दीपिकाले उनलाई चुम्बन गरेको देखिएको छ। यसबीचमा उनका फ्यानहरुले सामाजिक संजालमा दीपिकालाई अन्तरंग दृश्य दिँदा श्रीमान रणवीर सिंहसँग अनुमति लिनुहुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

बलिउड बबलले फ्यानहरुको प्रश्न भन्दै यो प्रश्न गरेपछि दीपिका यसो भन्छिन्ः ‘यस्ता प्रश्न आइरहँदा हामीले प्रतिक्रिया दिनु मूर्खता हो। म त मुख्य कुरा कमेन्ट नै पढ्दिन। मलाई लाग्छ श्रीमान रणवीरले पनि कमेन्ट पढ्दैनन्।’

गेहेराइया चलचित्रको विषयमा रणवीरले कस्तो महसुस गरेका छन् भन्ने प्रश्नमा उनी भन्छिन्,‘मलाई लाग्छ उनी मेरो अभिनय देखेर खुशी छन्। उनले मेरो अभिनय र चलचित्रलाई लिएर गर्व गर्छन्।’


प्रतिक्रिया दिनुहोस्