बलात्कारको आरोपमा एमाले सांसद विरुद्ध मुद्धा दर्ता

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : २६


काठमाडौं । नेकपा एमालेका नेता तथा मुगुका सांसद  मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता भएको छ।

जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँ विरुद्ध मुद्धा दर्ता गरेकी हुन।

प्रहरी कार्यालयमा आएको जाहेरी दर्ता भएको बाँके प्रहरीले जनाएको छ। यसअघि सभामुख र संघीय संसद सचिवालयबाट अनुमति लिनुपर्ने भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन।

सांसद बाँनियाले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्। जाहेरी दर्ता भएसँगै प्रहरीले अब अनुसन्धान प्रकिया अगाडी बढाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्