हिंसाका कारण कङ्गोमा ८ जनाको मृत्यु

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ३ : ४७


काठमाडौ । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको पछिल्लो हिंसात्मक घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  

देशको बेनी सहरमा लडाकूहरुले आक्रमण गरेपछि भएको हिंसामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ । सेनाका प्रवक्ता कर्नेल माक हजुकाइले युगाण्डासँगको सीमा क्षेत्रमा घटना भएको र उनीहरुको मृत्यु भएको पुष्टि गर्नु भएको छ । 

हिंसात्मक घटनाका क्रममा टाउन हल र केही भौतिक संरचनाहरु समेत जलेको अधिकारीहरुले जनाएका छन् ।लडाकूहरुको समूह एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) ले संयुक्त राष्ट्रसंघका शान्ति सेना र स्थानीय सुरक्षाकर्मीहरुका विरुद्धमा जुलुश निकालेका थिए ।  


प्रतिक्रिया दिनुहोस्