नाडाले मन्त्रालय तथा विभागसँगको भेटघाट र छलफललाई तिव्रता दिँदै

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १ : २४


काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन नेपालले वन तथा वातावरण मन्त्रिसँग भेटघाट गरेको छ । भेटघाटमा मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्ड विषयको कार्यान्वयनका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बनमन्त्री राम सहायप्रसाद यादवसंग भेटेको हो ।

नाडाका अध्यक्ष थापाले वी.यस ६ लागु गर्ने प्रस्तावमा आवश्यक पूर्वाधार लगायत दक्ष प्राविधिक जनशक्ती तयार नभइ सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्ने अनुरोध गरको नाडाले जानकारी दिएको छ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसंग भेटी चालुपुंजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दे तत्सम्बन्धमा पत्र समेत बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्