काठमाडौं ।ठूलो लगानीमा बनेको बलिउड चलचित्र ‘पानीपत’लाई कथा चारीको आरोप लागेको छ । भारतीय साहित्यकार विश्वास पटेलले आफ्नो उपन्यासबाट चलचित्रको कथा चोरी गरिएको भन्दै वितरक रिलायन्स एन्टरटेन्मेन्ट विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
पटेलले भनेका छन्, “गएको वर्ष निर्माता रोहित शेलाटकरको प्रतिनिधि संजय पटेल मसँग कुरा गर्न आएका थिए । यो फिल्मका स्क्रिप्ट राइटर पनि उनी नै हुन् । त्यतिबेला उनले भनेका थिए थिए कि राइटलाई लिएर मेरो नाम पनि लिइनेछ । मेरो उपन्यासको प्रेमाइसबाट फिल्म प्रेरित हुनेछ । मैले त्यतिबेला मौखिक रुपमा इजाजत दिएको थिएँ जसपश्चात उनले स्क्रिप्ट तयार गरे ।”
पानीपतको तेस्रो लडाईलाई उपन्यासको रुप दिन आफूलाई ६ वर्ष लागेको र उनीहरू पात्र र संवाद समेत उपन्यासबाट चोरेको उनको आरोप छ । “मैले आफ्नो कथाको न्यारेटिवबाट यो महशुस गराएको थिएँ कि मराठा आर्मीले त्यो हारलाई पनि जीत महशुस गरेका थिए । यो सबै फिल्ममेकरले चोरेका छन् । मैले केवल बेसिक प्रेमाइसको लागि अनुमति दिएको थिएँ तर यहाँ सिन डाइलग सबै चोरेका छन् । नजीम खान, अब्दाली वगैरह जस्ता क्यारेक्टर सबै मेरो उपन्यासका हुन् ।”
पटेलले सात करोडको क्षतिपूर्तिको माग गरेका छन् ।
पानीपतको युद्धको कथामा आधारित चलचित्र ‘पानीपत’मा अर्जुन कपूर, संजय दत्त र कृति सेनन मुख्य भूमिकामा रहेका छन् । चलचित्रको लगानी झण्डै २ सय करोड रहेको बताइएको छ ।
उद्धरणः अनुवाद
उल्लेखित रकमः भारु