नयाँदिल्ली । भारतको मध्य प्रदेशमा २ टाउको र ३ हात भएका बालकको जन्म भएको छ ।
मध्य प्रदेशको विदिशा जिल्लामा २३ बर्षीया एक महिलाले जन्म दिएकी हुन् ।
बबीता अहिरवार नामकि महिलाले शनिवार जन्म दिएको विदिशा जिल्ला अस्पतालले जनाएको छ । बच्चाको तौल ३.३ के जी रहेको छ।
नवजात शिशुलाई अस्पतालको आईसीयूमा राखिएको छ ।