सीजी मोटोकर्पको घरदैलो वर्कसपले लाभान्वित हुनेभए सुजुकीका ग्राहक

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : २४


काठमाडौं। सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप सुरु गरेको छ।

सुजुकीको आफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठका अनुसार सुजुकीका ग्राहाकले घरदैलोमै आफ्नो गाडी मर्मत गर्न पाउने भएका छन्।

वर्कसपमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएको छ। जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धी कार्यहरु गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्