विद्रोही नेकपामा संलग्न भएको भन्दै पत्रकार पक्राउ

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ४१


कास्की । पोखराबाट युवा पत्रकार तथा राजनीति अनलाइनका सह-सम्पादक आश तमु पक्राउ परेका छन् । 

सोमबार करिब १२ बजे पोखराको रामबजारस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक पत्रकार भएको आशंकामा प्रहरीले पक्राउ गरेको हुनसक्ने आशंका गरिएको छ । 

राजनीतिक आस्था राखेको आधारमा पत्रकारलाई गिरफ्तार गरिनु स्वतन्त्र पत्रकारिता माथिको हस्तक्षेप भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् ।

यस अघि पोखराबाटै संचारकेन्द्र डट कमका पोखरा समाचारदाता राजकुमार घिमिरेलाई गएको मङ्सिर १ गते पोखराको बिरौताबाट गिरफ्तार गरेको थियो ।  

पत्रकार घिमिरेलाई उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि फेरी गिरफ्तार गरेर वडा प्रहरी कार्यालय रामबजार पोखरामा राखी प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै झुठ्ठा मुद्दा चलाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्