सरकारले मेडिकल कलेजलाई दिएको अल्टिमेटम सकियो

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : ४१


काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई दिएको १५ दिनको अल्टिमेटम आइतबार सकिएको छ । यसअघि सरकारले १ महिनाको अल्टिमेटम दिएको थियो । 

१ महिनामा पनि मेडिकल कलेज सञ्चालकहरुले अवैध पैसा फिर्ता नगरेपछि दोस्रो पटक सरकारले कात्तिक २५ गते १५ दिनको समयसीमा दिएको थियो । अवैध शुल्क असुली विरुद्ध देशभर विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् । 

शिक्षा मन्त्रालयले सोमबार मेडिकल कलेज सञ्चालकसँग छलफल गर्ने तयारी गरेको छ । शुल्क फिर्ता नगरे ठगी मुद्धा चलाउँने मन्त्रालयको तयारी छ । 
 


प्रतिक्रिया दिनुहोस्