रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ४२


काठमाडौं । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो। इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए। सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए।

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ।

अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ।


प्रतिक्रिया दिनुहोस्