कानुनमन्त्री उपेन्द्र यादवले सम्हाले कार्यभार

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ३२


काठमाडौं । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएर कानुनमन्त्री बनाइएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार कार्यभार सम्हाल्नु भएको छ ।

मन्त्रालय परिवर्तन गरेर कानुनमन्त्री बनाइएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिन हल्ला चलेको थियो । तर, यादवले कानुनमन्त्रीका रुपमा सपथ खाएसँगै तत्काल उक्त पार्टी सरकारबाट नबाहिरिने भएको छ ।

समाजवादी पार्टीले संविधान संसोधनको माग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्