त्रिचन्द्र कलेजका प्रमुख कुटिए

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : ५५


काठमाडौं । त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्।

सोमबार बिहान विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले कुटपिट गरेका हुन् । 

विद्यार्थीको कुटपिटबाट घाइते हुनुभएका प्रमुख न्यौपानेलाई वीर अस्पतालमा लगिएको छ । 

प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ । 


प्रतिक्रिया दिनुहोस्