एमसीसीबारे सहमति जुटाउन भोलिको संसद बैठक स्थगित

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १७


काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो। सरकारको आग्रहमा भोलिका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ।

संसद् सचिवालयले भोलिको बैठको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो। भोलिका लागि सार्वजनिक सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता समावेश भएको थिएन।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्