प्युठानका पोख्रेल ‘जो जनार्दन बने, मेडिकल कलेज र कम्पनीको मालिक बनेर करोडौँ ठगे’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ००


कपिलवस्तु । कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ गरेको हो।

बागमती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्की बताए।

उनी सोमबार राति ८ बजेको प्रहरी चेकिङमा समातिएका थिए। पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीले दाबी गरेको छ।

उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए।

प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए।

प्रहरीका अनुसार २०६४/०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए।

यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ।

यस्तो छ उनको ठगीको श्रृंखला


प्रतिक्रिया दिनुहोस्