विन्टर ओलम्पिक: आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ५०


काठमाडौं । विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन्। बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ।

स्विडेनले भने तीन स्वर्ण जितेको छ। उसले रजत र कास्य भने जित्न सकेको छैन। यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन्।

यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक हात पारेका छन्। हालसम्म १९ देशले पदक तालिकामा खाता खेलेका छन्।

२० फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा तीन हजार भन्दा बढी खेलाडीको सहभागीता रहेको छ भने ९३ देशले सहभागीता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्