थपिए १,९५७ कोरोना सङ्क्रमित, ११ जनाको मृत्यु

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ४१


काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्।

८ हजार ५८७ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ।

यसैगरी देशमा हालसम्म ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस्