नेपालमा भित्रियो भारतको एसेन्सो ‘अफ द रोड’ टायर

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ५३


काठामाडौं। नेपालमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ भित्रिएको छ।

एसेन्सोको अफ द रोड ‘ओटीआर’ टायरहरु अब नेपाली बजारमा पाइनेछ।

डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो। यस कम्पनीले पहिले पनि ओटीआर टायरहरु विक्रि गर्दै आएको थियो।

एसेन्सोको टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रकजस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ।

एक कार्यक्रमकाबीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नयाँ टायर सार्वजनिक गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्