राष्ट्रसंघ भन्छः तालिबानसँग छलफल गर्न लादेनका छोरा अफगानिस्तान पुगेका थिए

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : २४


न्युयोर्क। गतवर्ष ओसामा बिन लादेनका छोरा अफगानिस्तानमा तालिबानसँग छलफल गर्नको लागि गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।

राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदको प्रतिवेदनअनुसार तालिबान सत्तामा आएपछि विदेशी विद्रोही समूह त्यहाँ स्वतन्त्र जीवन बिताइरहेका छन्।

प्रतिवेदनमा आतंकवादी लादेनका छोरा अब्दुल्लाह बिन लादेनले तालिबानसँग गतवर्ष भेटघाट गरेको पनि जनाइएको छ।

राष्ट्रसंघले यो चिन्ता व्यक्त गरेको छ कि अफगानिस्तान आतंकवादीको लागि उर्वर भूमि हुनसक्छ।

तालिबान सरकारले भने राष्ट्रसंघको प्रतिवेदनलाई खारेज गरेको छ। रिपोर्टले विदेशी आतंकवादीलाई नियन्त्रण गर्न तालिबानले प्रयास नगरेको बताउँदा तालिबानले रिपोर्टमा उल्लेख गरिएको आफूविरुद्धका आरोप स्वीकार गर्दैन।

अफगानिस्तानलाई ‘इस्लामिक इमाइरेट्स अफ अफगानिस्तान’ परिभाषित गरेको तालिबान नेतृत्वको सरकारले प्रतिक्रिया जनाउँदै रिपोर्टको बारेमा भनेको छ,‘तथ्यको अभाव भएको प्रतिवेदनलाई हामी स्वीकार गर्दैनौं यो हाम्रो र विश्वको हितमा छैन।’

तालिबानले लादेनका छोरा अफगानिस्तान गएको विषय पनि टुक्राएको छ।

चार श्रीमतीबाट लादेनको २४ सन्तान छन्। सन् २००१ मा अमेरिकामा आक्रमण हुँदा अलकायदाका उनी नै मुख्य योजनाकार थिए।

लादेनको अमेरिकी सेनाको कारवाहीमा सन् २०११ मा मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्