काठमाडौं । कुनै समय नेपाली चलचित्र उद्योगमा एक्सन स्टारको रुपमा परिचित अभिनेता विराज भट्ट 'साङ्लो'बाट पुनरागमन गर्दैछन् । वर्ष दिन भन्दा पहिलेदेखि चलचित्रको चर्चा भइरहे पनि यसको प्रदर्शन मितिलाई लिएर भने अन्योल नै थियो ।
पछिल्लो समय फागुन ९ लाई प्रदर्शन मिति तोकेको फिल्म फेरी सरेर माघ २४ मा आइपुगेको छ । फागुन ९ मा धुर्मुश सुन्तलीको 'सेन्टि भाइरस'सँग जुध्ने भएर सरेको भनिएको 'साङ्लो'ले माघ २४ मा पनि सिंगल रिलिज भने पाउने छैन ।
माघ २४ लाई यसअघि नै विपिन कार्कीको 'सेल्फी किङ'को प्रदर्शन मिति तोकिइसकेको छ । भर्खर फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।
एउटा कमेडी तथा सोसिअल ड्रामा बताइएको छ भने अर्को द्वन्द्व प्रधान चलचित्र हो यस्तोमा दुवै फिल्मका दर्शक फरक होलान एकले अर्कोलाई कम प्रभाव पार्ला तर यी दुई फिल्ममा एउटा रोचक तथ्य रहेको छ । विराज भट्ट कुनै समय निकै लोकप्रिय छँदा, लगातार फिल्महरु खेल्दा विपिन इन्डस्ट्रिमा थिएनन् । विराजले नेपाली फिल्म छोडेर गए पछि नेपालमा चल्ने फिल्मका प्रकृतिमा धेरै परिवर्तन आएको छ । त्यतिबेला लभ स्टोरी, एक्सन फिल्म धेरै बन्थे धेरै हेरिन्थ्यो भने अहिले कमेडी धारका फिल्मको वर्चस्व छ ।
यस्तोमा कुन फिल्मले कति दर्शक पाउँछ र प्रतिक्रिया कस्तो आउँछ हेर्न रोचक हुनेछ ।