दोहोरीगीत प्रतिष्ठानको पदाधिकारीमा अधिकांश पद निर्विरोध

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : ०६


विजय नेपाल
पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रीय महाधिवेशनअन्तर्गत आइतबार राति मतगणना जारी छ । आगामी नेतृत्वको लागि अध्यक्ष पदमा रमेश बिजी र विष्णु खत्रीबीच प्रतिष्पर्धा छ । प्रारम्भिक नतिजामा भने बिजीले अग्रता हासिल गरेका छन् । २ सय ५० मतगणनामा उनले १ सय ३३ मत ल्याउँदा खत्रीको १ सय १६ छ ।

महाधिवेशनअन्तर्गत ५७ सदस्यीय नयाँ कार्यसमितिमा आइतबार मतदान भएको हो । महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान ७ देखि दिउँसो २ बजेसम्म भएको मतदान प्रक्रियामा १ हजार १ सय ३५ जना मतदाताले भोट हालेका थिए । चुनावमा कुल १ हजार ३ सय ४६ जना मतदाता थिए । आइतबार दिउँसो साढे ५ देखि मतगणना सुरु भएको हो । अन्तिम नतिजा मध्यरातसम्म आइपुग्ने अनुमान छ ।

प्रतिष्ठानमा नेतृत्वबाहेक पदाधिकारीमा अधिकांश पदहरु भने निर्विरोध भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रीता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्ष रामजी खाँण, तृतीय उपाध्यक्ष दीपक खड्का क्षेत्री, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास केसी, उपमहासचिवमा शिव हमाल र शंकर बिसी निर्विरोध भएका हुन् ।

यस्तै कोषाध्यक्ष पदमा तारापति सुवेदी र राजु ढकालबीच प्रतिष्पर्धा छ । सहकोषाध्यक्ष खुलातर्फ घनश्याम रिजाल र ईश्वरीप्रसाद भुषाल ‘मादले दाइ’ बीच प्रतिष्पर्धा छ भने सहकोषाध्यक्ष महिलातर्फ पूर्णकला बिसी निर्विरोध भइन् ।

१० सचिवमध्ये सांगठानिकतर्फ खुमन अधिकारी र महिलातर्फ जमुना राना निर्विरोध हुँदा प्रशासनिकतर्फ कृष्ण रेउले र पुरुषोत्तम थापाको उम्मेदवारी परेको छ । सचिवमै खुला ७ मध्ये जीवन दाहाल, प्रचण्ड जिसी, रमेशराज भट्टराई, कृष्ण आँसु विश्वकर्मा, विनोद बाजुराली, राजन गुरुङ, नवीन पौडेल, वसन्त थापा, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, नारायणप्रसाद खनाल (लेकाली), हुम गैरे र पुष्कल शर्माबीच प्रतिष्पर्धा छ ।

१२ केन्द्रीय सदस्य खुलातर्फ देवी घर्ती, पीएन सापकोटा, दीपक गरौजा मगर, भीमसेन खतिवडा, याम क्षेत्री, सागर गुरुङ, युवराज मगर, राजेन्द्र सुवेदी, दिनेश रञ्जन, पुरुषोत्तम भण्डारी (पुर्खे बा), कृष्ण रानाभाट, श्रीकृष्ण क्षेत्री, विष्णुराम कालाखेती, राजकुमार टराली, प्रकाश सपूत, प्रकाश भट्ट, विक्रम थापा, रामचन्द्र चन्द, बिमल अधिकारी र महेन्द्र गौतम चुनावी प्रक्रियामा छन् ।

७ महिला केन्द्रीय सदस्यमा सरला पाण्डे, जानकी तारमी मगर, अञ्जली अधिकारी, अमृता लुंगेली मगर, लक्ष्मी नेपाली, सम्झना लामिछाने मगर, सीता राना, जूना श्रीष मगर, कमला लम्साल भारती, दुर्गा सापकोटा छन् ।

७ केन्द्रीय सदस्य भूगोलतर्फ विष्णुप्रसाद घिमिरे प्रदेश १, ईश्वरी प्रसाद पन्त प्रदेश २, हिमाल घले प्रदेश ३, सन्दीप न्यौपाने प्रदेश ५, उत्तम शर्मा कर्णाली प्रदेश निर्विरोध भएका छन् । सोही पदमा गण्डकी प्रदेशबाट तारानाथ आचार्य, सुरेन्द्र लामिछाने, कुष्ण अखेली, अक्कलविरही गुरुङबीच कडा प्रतष्पिर्धा छ भने सुदूरपश्चिमबाट नरेन्द्र रावल र नवीन धामी भिडेका छन् ।

केन्द्रीय सदस्य उपत्यका समन्वय समितिमा राजकुमार रायमाझी निर्विरोध हुँदा २ जना विदेश शाखाका लागि रामकृष्ण बम मल्ल, ईश्वरी घिमिरे र दुर्गाप्रसाद पंगनीको उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको पोखरा महाधिवेशन विधान संशोधन गर्दै तृतीय उपाध्यक्ष, महिलातर्फ सहकोषाध्यक्ष, भूगोल सदस्य थप गरेको हो भने प्रदेश प्रमुख भने हटाएको हो । यस्तै, भूगोल/प्रदेशतर्फ ७ जना केन्द्रीय सदस्य पद थप गरेको जानकारी प्रतिष्ठान गण्डकी प्रदेश प्रमुख तारापति सुवेदीले जानकारी दिए ।

५८ जिल्ला, विदेशका ८ र काठमाडौं उपत्यका सहित प्रदेशका ८ शाखाबाट १ हजार ३ सय १० जना प्रतिनिधिको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्