एफ क्युब सिनेमा हलमा 4k प्रोजेक्टर जडान

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १२ : ५३


काठमाडौँ । काठमाडौंको चाबहिल स्थित के एल टावरको एफ क्युब सिनामाजले नयाँ प्रविधि भित्र्याएको छ ।

मल्टिप्लेक्स सिनेमामा नयाँ प्रविधि भित्र्याउने लहर चल्दै गर्दा एफ क्युब सिनेमाजले उच्च प्रविधियुक्त प्रोजेक्टर 4k जडान गरेको हो । 

क्युब 3 हलमा जडान गरिएको उक्त प्रोजेक्टर युरोपियन टेक्नोलोजीमा बेल्जियममा निर्मित Barco 19b मोडेलको प्रोजेक्टर हो । 

नेपालमा अहिले सम्मकै अत्याधुनिक र महँगो  प्रोजेक्टर रहेको हल संचालक सुन्दर कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त प्रोजेक्टरको पिक्चरको क्वालिटी पनि उच्च स्तरीय रहेको छ। साउन्ड लाई सिटमा कनेक्सन गराउने  डिभाइसद्वरा यो हल मा साउन्ड लाई सिट मा अनुभव गर्न सकिन्छ ।

यो थिएटरले यही टेक्नोलोजी भित्र्याएर क्युब ३ लाई फिल द थ्रिल भनेर स्लोगेन नै  दिएको छ । ट्रिपल बिम नामक घम्  डिभाइस पनि जडान गरिएको छ ।

अब क्युब ३ मा फिल्म हेर्दा अँध्यारोको अनुभव नहुने बाताएको छ ।

एफ क्युब सिनेमाज को ३ वटा सिनेमा हल मध्ये क्युब ३ विशेष रहेको र दर्शकहरूको पहिलो रोजाइमा पर्ने गरेकाले नयाँ प्रोजेक्टर जडान गरिएको संचालक श्रेष्ठले बताउँनु भयो । 


प्रतिक्रिया दिनुहोस्