देउवा र प्रचण्डले ‘सहसचिव’को स्तरमा झरेर एमसिसीलाई पत्र लेखेः मिश्र

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ४०


काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीलाई पत्र लेखेको विषयलाई उनले ‘सहसचिव’को स्तरमा झरेको उल्लेख गरेका हुन् ।

उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् ।

जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,

बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,
कोही भूतपूर्व प्रधानमन्त्री ‘होली वाइन’मा नुहाउँछन्,
कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्,
तिनकै पछाडि निहित स्वार्थले देशका धेरै वुद्धिजिवी, व्यापारी, र गलत बुझाईले बहुसंख्यक नागरिक दौडिन्छन्,
देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य भएर जान्छन्,
बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।


प्रतिक्रिया दिनुहोस्