७ महिनापछि ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : २१


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा अ‍ोलीबीच भेटवार्ता भएको छ।

एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए।

भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविभि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत उपस्थित छन्।


प्रतिक्रिया दिनुहोस्