सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ९ : ३६


सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ।

पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खादा गाडीमा आगलागी भएको थियो। आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन्। बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए। मृतकको संख्या बढ्न सक्ने उनले बताए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ।

आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ। प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिले सो सडक पूर्ण रुपमा अबरुद्ध छ।


प्रतिक्रिया दिनुहोस्