‘हाम्री आमा झुत्री छिन् भन्दैमा अर्काकी सुकिली आमालाई मेरी आमा भन्न मिल्दैन’

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ५१


काठमाडौं। टेलिसिरियल मेरी बास्सैबाट ख्याती कमाएका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुडा’ सामाजिक संजालमा निकै सक्रिय छन्।

उनी यतिबेला नेपाली चलचित्र क्षेत्रमा हस्ती बनिसकेका छन्। सामाजिक संजालमा उनी रमाइला भिडिओ तथा स्टाटरहरु पोस्ट गर्दछन्।

पछिल्लो समय उनले ‘आमा’लाई सम्बोधन गरेर व्यक्त गरेको अभिव्यक्ति निकै चर्चामा छन्। यो उनका पहिलेका रमाइला अभिव्यक्तिभन्दा निकै यथार्थपरक र मर्मस्पर्शी छ।

उनी सामाजिक संजालमा भन्छन्,‘हाम्री आमा चाहिँ झुत्री छिन् भन्दैमा छिमेककी सुकिली आमालाई मेरि आमा भन्न मिल्दैन। ती झुत्री नै हाम्री आमा हुन्, तिनैलाई राम्रो बनाउनु पर्छ हामीले। हामीले तिनैलाई यी यस्ती छिन्, यी खोक्छिन रातभरी, यी यस्ती छिन् पल्लाघरकी कस्ती रामी छिन् भनेर हाम्री आमा राम्री हुने होइनन्।’

आफ्नो आमा जस्तो भएता पनि उहाँलाई नै हामीले सबैभन्दा धेरै माया गर्नुपर्छ र राम्रो बनाउनुपर्छ भन्ने उनको आशय रहेको छ।


प्रतिक्रिया दिनुहोस्