अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ००


काठमाडौं । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३(१ गोल अन्तरले हराएको हो। साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो।

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

 


प्रतिक्रिया दिनुहोस्