विश्व इतिहासः यासेर अराफत प्यालेस्टाइनको नेतादेखि अन्तरिक्षमा रुसी यान

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ७ : २१


आज सन् २०२२ को ३ फेब्रुवरी। सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए।

पाराग्वेका तानाशाहको शासन समाप्त

सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो । पूर्व सैनिक अधिकारीसमेत रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए ।

इतिहासकै डरलाग्दो हिमआँधी

सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो । एक सातासम्म चलेको सो आँधीका कारण चार हजार जनाको ज्यान गएको थियो । आँधीले धेरै जसो गाउँ नै पुरेको थियो ।

यासेर अराफत प्यालेस्टाइनको नेता

सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन ९पीएलओ० का नेता बनेका थिए । सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए । अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन् ।

अन्तरिक्षमा लुना

सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो । लुना चन्द्र्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो ।


प्रतिक्रिया दिनुहोस्