अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : २५


सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको दुर्घटनामा निधन भएको छ।

सिड्नी स्थित लेपिङ्गटनमा मोटरसाइकल दुर्घटना हुँदा २४ बर्षीय नेपाली युवक असिम थपलियाको निधन भएको हो।

घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको नेपालट्युबले उल्लेख गरेको छ।

अष्ट्रेलियाको डेको दिन जनवरी २६ तारिख राति साढे १० बजे तिर दुर्घटना भएको हो।

अशिमको शव नेपाल ल्याउने तयारी भइरहेको छ। सन् २०१६ मा आइटी पढ्न अष्ट्रेलिया गएका अशिमको स्थाई घर काठमाडौंको चाबहिल हो।

नेपालमा बाआमाले नै अन्तिम संस्कार गर्ने भएकाले शव नेपाल ल्याउन लागिएको छ।


प्रतिक्रिया दिनुहोस्