‘लाखे’ मा प्रशान्त ‘भिलेन’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : २०


काठमाडौं । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’मा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन्। फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन्।

यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर, थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका कारण ‘लाखे’लाई समय दिन नसक्ने भएपछि निर्माण पक्ष र थापाकै सहमतिमा ताम्राकारलाई अनुबन्धित गरिएको हो।

अभिनेता ताम्राकार ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताएका छन्। ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो,’ ताम्राकारले भने, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए।

सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ। फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन्।


प्रतिक्रिया दिनुहोस्