भारतीय सेनाको आक्रमणमा घाइते भएका चिनियाँ कमाण्डरले बेइजिङ ओलम्पिक्सको टर्च बोक्ने

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ५७


बेइजिङ। फेब्रुअरी चार अर्थात् यसैहप्ताको शुक्रबारदेखि चीनमा ‘शितकालिन बेइजिङ ओलम्पिक्स’ प्रतियोगिता हुँदैछ।

सो ओलम्पिक्स प्रतियोगिताको उद्घाटन शत्रमा चिनियाँ जनमुक्ति सेनाका कमाण्डर कि फाबियोले टर्च बोक्ने भएका छन्। चीनले सयौं व्यक्तिलाई टर्च बोक्ने जिम्मा दिँदा उनलाई पनि टर्च बोक्ने मौका दिएको हो।

फाबियो ती सेना हुन् जो दुई वर्ष अगाडि गलवान झडपमा भारतीय सेनाको आक्रमणमा गम्भीर घाइते भएका थिए। चिनियाँ जनमुक्ति सेनाका लेफ्टिनेन्ट कर्णेल उनी आक्रमणपछि कोमामा गएका थिए।

यो पनिः भारतीय सेनाको आक्रमणबाट गम्भीर घाइते भएका यी सेना भन्छन्ः युद्ध मैदानमा जान तयार छु

उनको टाउकोमा गम्भीर चोट लागेको थियो जसकारण उनी महिनौं बेहोस भएका थिए। यतिबेला उनी निको भाइसकेका छन्। उनलै हालै आफू सीमा क्षेत्रमा फेरि तैनाथ हुन आतुर भएको बताएका थिए।

उनले सीसीटीभीसँग भनेका थिए,‘म अब युद्धको मैदानमा जान तयार छु, फेरि देशको लागि लड्नेछु।’


प्रतिक्रिया दिनुहोस्