मलद्वारमा एक केजी सुन लुकाएर ल्याउन खोज्ने व्यक्ति त्रिभुवन विमानस्थलबाट गिरफ्तार

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : २२


काठमाडौं। काठमाडौं प्रहरीले दावा छिरिङ शेर्पालाई अवैध रुपमा सुन ल्याएको अभियोगमा गिरफ्तार गरेको छ।

मलद्वारमा करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शेर्पालाई गिरफ्तार गरेको हो।

प्रहरीका अनुसार एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।

दावाले ०९३६८६१८ नम्बरको पासपोर्टबाट गत नोभेम्बर १६ मा दुबई गएका थिए। विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले दिएको जानकारीअनुसार दावाले गोप्य अंगमा र पेटभित्र सुन लुकाएर ल्याएका हुन्।


प्रतिक्रिया दिनुहोस्