प्रदेश १ को नाम ‘लिम्बूवान’ नराखिए प्रतिवाद गर्ने चेतावनी

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ५७


झापा। प्रदेश १ को नाम ‘लिम्बूवान’ नराखिए प्रतिवाद गर्ने चेतावनी दिइएको छ।

संघीय लिम्बूवान पार्टी नेपालले प्रदेश १ को नाम लिम्बूवान प्रदेश राख्न माग गरेको हो।

बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम लिम्बूवान राख्न माग गर्दै पार्टीले त्यसो नभए प्रतिवाद गर्ने चेतावनी दिएको हो।

सो पार्टीले प्रदेश एकलाई लिम्बूवान स्वायत्त राज्यका रूपमा मान्यता दिनुपर्ने माग राख्दै लामो समयदेखि संघर्ष गर्दै आएको छ।

हालसम्म देशका ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको विषय टुंगो लगाएपनि प्रदेश १ सरकारले भने अझै प्रदेशको नामकरण गर्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्