सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४५


काठमाडौं । सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन्। यो उनको राष्ट्रका लागि तेस्रो गोल हो।

यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए। सुजनले यसअघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन्।

दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा सुजलले नेपालका लागि अग्रता दिलाएका हुन्। उनले पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई वान टचमै गोल गरे। यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १(० ले विजयी भएको थियो।


प्रतिक्रिया दिनुहोस्