चिकित्सा शास्त्र स्नातकको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थपियो

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : १२


काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थपे छ।

आयोगले सोमबार सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ।

यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो। कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्