यमनका हुथी विद्रोहीले अपहरण गरेर भर्ती गरेका २ हजार बालसेनाको युद्धमा मृत्युः राष्ट्रसंघ

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ३७


न्युयोर्क। यमनका हुथी विद्रोहीले अपहरण गरेर जबर्जस्ती सेना बनाएका २ हजार बाल सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

अल्जाजिराका अनुसार राष्ट्रसंघको प्रतिवेदनमा बाल सेनाहरुको मृत्यु भएको उल्लेख गरिएको छ। सुुरक्षा परिषदले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाल सेनाहरु युद्धका क्रममा मारिएका हुन्।

साउदीको समर्थन प्राप्त यमनी सरकारकोविरुद्धमा हुथी विद्रोहीले आक्रमण गर्दै आएका छन्। सरकारी सेनाविरुद्ध लड्न र हुथी विद्रोहीको सिद्धान्तलाई फैल्याउन त्यहाँ बालबालिका अपहरण गरिन्छ।

हुुथी विद्रोहीले बाल सेनाहरुलाई ईस्लाम जिन्दावाद, अमेरिका र इजराइलको मृत्यु, जिउजलाई श्रापजस्ता नारा सिकाउँछन्।

प्रतिवेदनमा जनाइएअनुसार सन् २०२० सम्म १४०६ बाल सेना हुथीको तर्फबाट लड्दा मारिए भने गतवर्षको मे महिनासम्म अन्य ५६२ बाल सेना मारिए।

हुथीद्वारा साना बालबालिकाहरुलाई बन्दुुक चलाउन सिकाइन्छ भने सरकारविरुद्ध घृणा गर्न सिकाइन्छ।


प्रतिक्रिया दिनुहोस्