मुस्लिम राष्ट्र पाकिस्तानमा क्रिश्चियन पादरीको हत्या

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : ४९


पेसेवार। मुस्लिम राष्ट्र पाकिस्तानमा एक क्रिश्चियन पादरीको हत्या भएको छ।

पेसेवार घर भएका पादरी चर्चबाट घर फर्किरहँदा उनीमाथि आक्रमण भएको सीएनएनले जनाएको छ।

मोटर साइकलमा आएका दुई बन्दुकधारीले कारमा घर फर्किरहेका पास्चर विलियम सिराजमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

सोही आक्रमणमा अर्का एक पादरी घाइते भएको पनि बताइएको छ।

यो आक्रमण कसले गरेको भने कुनै समूहले जिम्मा लिएको छैन। यसअघि सन् २०१३ मा पनि एउटा चर्च अगाडि दुईवटा विस्फोटन गराइएको थियो।


प्रतिक्रिया दिनुहोस्