भारतको लद्दाखमा १० हजार फिट उचाइमा फुटबल मैदान बन्दै

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : २९


एजेन्सी । भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ।

यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ। रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन्।

यस्तै, सरकारले लद्दाखका सर्वसाधारणले भोगिरहेको सबै प्रकारका दुःख हट्ने गरी सरकारी सेवा सुविधा उपलब्ध गाराउने प्रतिबद्धता पनि जनाए।

उनले यो रंगशाला निर्माण सुरु भैसकेको र चाडै नै सम्पन्न हुने दाबी पनि गरे। फिफाले समेत अनुमति दिएको निर्माणधीन यो रंगशालामा एक हजार जना अट्ने होस्टल पनि हुनेछ।


प्रतिक्रिया दिनुहोस्