काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५(४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो।
अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार राति नै मालावीलाई २(१ गोल अन्तरले हराउँदै मोरोक्को अन्तिम आठमा पुगिसकेको छ।
मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।
पेनाल्टी समेत ३(३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेको हो । अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।