सुदूूरपश्चिम अर्थ राज्यमन्त्रीका पिएसओ मृत फेला

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : ५३


काठमाडौं । सुदुरपश्चिम प्रदेश स्थित मन्त्रीका एक पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) मृत अवस्थामा फेला पारेका छन।

प्रदेश सरकारकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरमा मृत भेटिएका हुन।

घरका अन्य सदस्यहरु बिहेमा गएकोबेला उनी धनगढीको गुरुद्द्वारमार्गस्थित आफ्नै घरमै हिटर बालेका सुतेका थिए।

परिवारका सदस्यहरु घर पुगेर ढोका ढकढक्याउदा मृत भेटिएको बताइएको छ। हवल्दार जोशीको दरबन्दी धनगढी गणमा थियो।

प्रहरीका अनुसार उनी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस्