मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३८


जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्यतर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन्।

सिद्दिकीले स्थानीय तहतर्फ १ सय ७१ मत अर्थात् ३ हजार ७८ मतभार प्राप्त गरेका छन्। अर्यालले स्थानीय तहतर्फ १ सय ५८ मत अर्थात् २ हजार ८ सय ४४ मतभार प्राप्त गरेकी थिइन्। प्रदेशसभातर्फ ६९ मत अर्थात् ३हजार ३सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात् अर्थात् ३ हजार ६ सय मत प्राप्त गरेका छन्।

यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार १ सय ५६ मत पाएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तह ८१ मत आर्थात् १ हजार ४ सय ५८ र प्रदेश तर्फ २७ मत अर्थात् १ हजार २ सय ९६ मत गरी कुल मतभार २ हजार ७ सय ५४ पाएकी थिइन्।

त्यसैगरि, एमालेकी उम्मेदवार बिनादेवी यादवले स्थानीय तहतर्फ ९ अर्थात् १६२ मतभार र प्रदेश तर्फ ३ अर्थात् १४४ गरी ३सय ६ मतभार पाएकी हुन्।

त्यसैगरि, सिद्दिका प्रतिद्वन्द्वी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तहतर्फ ८७ मत अर्थात् १ हजार ५ सय ६६ र प्रदेशतर्फ २५ अर्थात् १ हजार २ सय गरी कुल २ हजार ७ सय ६६ मतभार प्राप्त गरेका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेशतर्फ २ र स्थानीय तहतर्फ ६ गरी ८ मत बदर भएको थियो भने महिला कोटामा तर्फ प्रदेशतर्फ ३ र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो।


प्रतिक्रिया दिनुहोस्